~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Thursday, March 16, 2017

On 3/16/2017 10:38:00 PM by Unknown in ,    No comments

हरेक दिन,
पुर्वी आकाशमा: उदाउँछ सुर्य,
दिनभरि ज्योति बनेर हाँस्छ,
हरेक रात,
पश्चिम आकाशमा: चन्द्रमा,
त्यसैगरि, चहकिन्छ,
यि दुई,
कहिल्यै भेटेनन
कहिल्यै भेट्नेछैनन फेरि,
न कहिल्यै आँखा जुढाउँछन,
हरेक पल तड्पिरहेका छन्,
समाहित हुन- एक आपसमा।
एक दिवास्वप्न- मिलनको।

मलाई थाह ,
तिमीलाई कहिल्यै आलिङ्गनमा बाँध्न पाउने छैन,
तै पनि
तिम्रो अँगालो खोज्दछु,
हरेक दिन आलोकसँग,
हरेक रात चाँदनीसँग।
हराएको मृगजस्तै
एक्लो-
नितान्त एक्लो अँधेरी रातमा
आफूलाई एक्लै पाएर,
चपाई हेर्छु- टुटेफुटेका सपनाहरू,
छैन केही स्वाद तिनमा,
निरस-
ताराहरू बिनाको औँसीको रातझैँ,
तिमीसँग नबोलेका दिनझैँ।

देखिरहन्छु सपनाहरु- विपनामै,
परीपरीका, थरीथरीका, रङ्गविरङ्गका
तर अनुभव गर्न सक्दिन
अङ्गाल्न पाउँदिन,
अनि यथार्थले किच्छ।
तव सोच्छु
कस्का लागि हुन यी सपनाहरु ?
केका लागि हुन यी सपनाहरु ?
भक्कानिएर आँउछ,
दुख्छ छाती।

किन दुख्छ छाती?
छातीभित्र मुटु हुन्छ।
मुटु किन दुख्दैन त?
फेरी कसले हाँसीदिने उसको खुसीमा।
माया, साँच्चिकै यस्तै हो त?

 कतै बाट आवाज निस्कन्छ-
बादल फाटेर
आकाश छिचोल्न हिँडेको मान्छे
मलाई अन्तरिक्षको ट्रकमा हालेर
सफा हातहरूले
ट्रकको स्टेरिङ घुमाइदेऊ

सपना टुट्छ,
अनि किच्छ बिपनाले,
एक्लो।
अस्थिपन्जरले ढाकेको मन,
छालाको खोल,
मष्तिस्क र आत्मा,
हुन्छ कहिलेकाहिँ,
टुट्दोरहेछ, सबै;
पर्खालमा गमला ठोक्किएझैँ,
ठोकिँदा त्यसतै कठोर मन भएका सँग,
अनि,
एक पेग, दुई पेग, धेरै पेग,
एक खिल्ली, दुई खिल्ली,
अनगन्ती खिल्लीहरूसँग,
साटिन्छ साहस,
बाँच्ने-हाँस्ने।
अन्तरिक्ष चाहर्ने सपना,
तुहिन्छ आखिर,
अर्को एक पेगको चाह बनेर ।


Tuesday, October 13, 2015

On 10/13/2015 08:06:00 PM by Unknown   No comments

अघि बढ्न छाडेको छ घडी,
दरवारमार्गमा ठडिएको जिर्ण घन्टाघर झैँ,
कालचक्रदेखि अत्यास लागेर होला,
धरहरा ढलेको छ- डङ्रँग।
बज्दैनन् समय सूचक तोपहरु,
ल्याम्पोस्ट मुनि
छिचिमिरा सल्बलाउँछन- साँझ।
बिहानै, झरेका पँखेटाको मोलमलाई हुन्छ,
मरेका छिचिमिराका परिवारले पाउलान त-
५० लाख- कबुल गरेझैँ?

समय? अहँ, चलायमान ,
घडिले रोक्ने हो समय?
अज्ञात भविष्य कुरिरहेको , कतै।
अधिर वर्तमान,
धुमिल हुदै विगत, सम्झनाहरुमा,
चन्द्रागिरी मुन्तिर घामको चमक हराएझैँ,
कान खुलै , सँधैझैँ,
सँगित जरुर बन्द आजभोली,
भ्वाइलिन बज्दैनन् आजभोली,
जर्ज ह्यारिसनको गितारले विरहका गितहरु बजाउन थालेको ,
सहरको ट्राफिकझैँ अस्तव्यस्त दैनिकि,
होइन, दिनहरु निरस छन,
मनका कुण्ठाहरू पेट्रोलको लाइनझैँ लामा छन,
मन आजीत हो बस,
ज्वालामुखी फुट्छ दिनौँ,
लाभाले मानसिक उथलपुथल को रूप धारण गर्छन,
ड्राफटमा आधी लेखेर छाडिएका कथा-कविता झै,
लाथालिङ दैनिकि,
बस, बुर्कुशी मार्दै मेरो वर्तमान,

अनिश्चित भविष्यको तिर।   

Friday, August 7, 2015

On 8/07/2015 03:00:00 AM by Unknown in , ,    No comments
१।
२०१०, जुन।
एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, न्यु ट्याब खोली हालेँ हतार हतार, निलो बटन क्लिक गरेर एकछिन उसको एक्टिभिटी नियाँले।
केहि घन्टा पछि, फेरी फेसबुक खोल्दा यौटा नोटिफिकेसन र यौटा म्यासेज आएको रहेछ। हेरेँ, त्यहि अनामिका अनलाइन रैछ, लैखिएको थियो, "हेल्लो बोधिसत्व।", ढिला नगरि रिपलाई गरेँ, "हाइ"
टुप्लुक्क प्रश्न गरि, "सो, बुद्धु कि बुद्ध?", सोचेँ, फरासिली रैछ।
बठ्याईँ गर्दै उत्तर दिएँ, "लेट्स गिभ अस सम टाइम, यु विल नो युरसेल्फ।"
एकफेर हाँसेझैँ गर्दै उसले भनि, "अनि, नाम चाहिँ प्रवेश होला हैन? बोधिसत्व त पक्कै भैसक्या छैन होला।"
"बोधिसत्व हुन दिएन सांसारिक सुख-सयलले, अहिले नाम मात्रै भएपनि कपि गरेको।"
अनि, "ए अनामिका, भन्न त कस्तो नमिल्दो रैछ क्या।", घुमाउरो पारामा नाम सोध्न खोजेँ मैले।
"फर्मालिटि उफ्फ!" चेढिएझैँ गरि उसले थपि, "पल्पसा, पल्पसा काफ्ले",
"कसो, पल्पसा क्याफे भएन छौ" मैले भनेँ। रिसाओस् भनेर हतार-हतार यौटा स्माइली थपेर पठाएँ।
"भएको भए के हुन्थ्यो र?" उ पनि कहाँ कम थिइ र।
"के थाह, मलाई तिमि पनि मन पर्न सक्थ्यो।" मैले टेस्टेस्टोरन फ्युलड रिप्लाई दिएँ।
"तिमिलाई के बढी मन परेको? नारयण वाग्ले कि उसले बनाएको पल्पसा?" प्रश्न सोझ्याएको थिइ मलाइ।

"पल्पसा र दृश्यको केमिस्ट्रि।" बाठो उत्तर दिएँ।
"बाठो रहेछौ, दृश्य झैँ।" कम्प्लिमेन्ट हो कि अरु केही, बुझिन, मुस्कुराउँदै लेखेँ,
"तिमी, त्यही पल्पसा झैँ रहेछौ। आशा गरौं, हाम्रो मिलन वियोगान्त नहोस्।"
"हामी त्यस्तो वादमा किन अल्झनु पर्यो र?"  झर्केर भनि उसले एकछिन, घोरिएर फेरि पढि क्यार केही बेर, लेखि, "तिमी आफूलाई त्यहि दृश्य ठान्छौ कि?"
"म परिस्थितिमा बाँधिएको छु, मनमौजी छैन उसको जस्तो। फेरि मेरो क्रियटिभिटि भनेको गफीन मै सीमित हुन्छ।" मैले यथार्थ सुनाएँ।
"फिक्सन झैँ जिन्दगि कहाँ हुन्छ र?" उसले थपि, "त्यो पल्पसा जस्तो स्वदेशमा बसेर क्यामेरा बोकेर हिँड्न सकेको छैन, सिंगापुरमा कपडा काट।नु पर्छ।"
"दर्जि हो?" मैले रिङाउँदै भनेँ।
"हैन, यहाँ फेसन डिजाइन पढिरहेको छु। तिमी के गर्छौ नि?" प्रतिप्रश्न तेर्स्याइ उसले।
"डि.एन.ए सँग भुलेर बंगलादेशको एक्लो पन बिर्सन खोजिरहेको छु। ब्याचलर्स गर्न आएको।"

एक्कासि, भेट भएको थियो हाम्रो त्यो दिन। पहिलो पटकमै यसरी खुलेर कुरा सायदै कोही सँग गरेको थिए होला मैलै। तर, त्यो अन्तिम कुराकानी थिएन, बस सुरुवात थियो यौटा सानो तर सम्झना लायक मित्रताको।  

२। 
२०१०, नोभेम्बर।
हाम्रो कुराकानी प्राय बेलुका हुने गर्थ्यो। दिनभरि कलेजको थकाइ, अनि कुरा गर्ने अधैर्यता, कोठा पुगेर हतार हतार फेसबुक खोल्थेँ। उसले प्राय म्यासेज गरेकी हुन्थी। केही दिन दैनिकी को बारेमा मुन्ड्यान वार्तालाप हुने गर्थे, विस्तारै हामी दर्शन, साहित्य, विज्ञान, धर्म, म्युजिक, स्पिरिचुलिटी, मुभिज, पढेका किताबहरु.. हरेक खाले र सबैखाले कुरा हुन थाले। पल्पसा क्याफेमा, नारायण दाइले पल्पसा को क्यारेक्टरमा न्याय गर्न सकेझैँ लाग्दैन थियो, यो पल्पसा सबै कुरामा मैले कल्पना गरेको त्यही पल्पसा झैँ लाग्न थालेको थियो, 'ट्यालेन्टेट, क्रियटिभ, मिलनसार, एक्स्ट्रोभर्ट' अनि त्यो भन्दा बढि डाउन  टु अर्थ। अनि, सि वाज अ ग्रेट डिजाइनर, समयले अरुनै केहि निर्णय गर्यो, नभए, जरुर एक सफल डिजाइनर हुने थिइ।

म दृश्य थिइन, शब्दलाई पेपरको क्यानभासमा बेला बेला उतार्ने गरेको थिएँ। मनमौजी पक्कै थिइन, अलि अलि भएको स्वतन्त्रता पनि बंगलादेशको दुई वर्षमा कुण्ठित भै सकेको थिए। मलाई दृश्य मन परेन, अलि बढी हावादारी, इगोइस्ट र लापरवाह लाग्थ्यो। लथालिङ्ग त म जरुर थिएँ, घमन्डी कत्तिको थिएँ, अरूले जज गरे राम्रो।

"प्रवेश, जीवन के हो जस्तो लाग्छ?" एक दिन एक्कासि प्रश्न गरेकी थिई पल्पसाले, "तिमिलाई आफूले पाएको यो समय प्रति जस्टिस गरेजस्तो लाग्छ?

त्यसो त हामीले हरेक विषयमा कुरा गरिसकेको थियौँ। वैदिक गन्थन देखि जुलियन एसेन्जको  बहादुरी को बहस गर्थ्यौ। गान्धी र मन्डेलाका शान्ति सन्देश, अनि सिकन्दर महान् र नेपोलियनका युद्धहरू, जनयुद्धको नेपाल, सबैको बारे कुरा गरेको हो। राम, जिसस र बुद्ध का प्रिन्सिपलहरू; अनि राधा, द्रौपदी, मेरी र यशोधराहरूले सहनु परेका कष्टहरू उद्धरण गर्दै, धर्म र धर्मको नाममा धर्म भिक्षुका कर्तुतहरू पर्दाफास गर्थ्यौं समय मिलेसम्म। लाग्थ्यो, हरेक विषयमा हाम्रो कुरा मिल्थ्यो। हैन, केही असमानता थिए हाम्रो, नत्र त पट्यार लाग्दो हुन्थ्यो होला हाम्रो मित्रता।

असम्भव, हेन्ड्रिक्सको गितार, लेनन र म्याककार्थीका ट्युन्स, बब डायलनका प्रेरणा दायी लिरिक्स, अनि रे चार्लस र, अर्रिथा फ्रयाङ्कलिन का सोल सँग थिए हामी सँग, सँग-सँगै सुन्थ्यौँ। अँ, फ्लोयडको साइक्लेडिक म्युजिक सँग पनि उसैले परिचय गराएकी थिई मलाई।
उसको प्रश्न गहिरो लाग्यो मलाई, खै किन हो। तैपनि, हलुङ्गो उत्तर दिएको थिएँ, "मर्नु अघि हामीले बाँच्ने समय।" पछी थपेँ, "२० ‌+ हुँदेछौँ भर्खर, अहिले नै कन्टेम्पलेट गर्न पर्छ जस्तो लाग्दैन पल्पसा मलाई। जीवन त धेरै लामो छ; भन्छ नि  हामीले बाँचुन्जेल गर्ने सबैभन्दा लामो काम नै जिउनु हो।"
उसले गम्भीर हुँदै भनेको थिइ, "हेन्ड्रिक्स जस्तै जिन्दगी को जिन्दगी त, २६ वर्षमै मरेर पनि गितारको लिजेन्ड भएको छ"
अनेपक्षित सिरियसनेस तिर मोडिएपछि मैले भनेको थिएँ, "हैन, मलाई त सिकन्दर हुनु छ, संसार जित्नु छ। सिकन्दर भन्दा फरक अन्त्य गर्नु छ जिन्दगीको।"
उसले साथ दिँदै भनेको थिइ, "इन्डिया पनि जित है यो पल्ट।" हाँसेका थियौँ दुबैजाना....
"विल यु वि ह्याप्पी, ह्वेन यु डाइ?" उसले सोधी।
इन्टरनेट सकिए छ क्यार, ल्यापटप बन्द गरेँ।
मोबाइलमा, 'लाइक अ रोलिङ स्टोन' सुन्दै सुतेको थिएँ त्यो रात

केही महिना, दिनचर्या यसरी नै बितेको थिए।

३। 
२०११, फेब्रुअरी।
हिउँ अलि बढि नै चिसो थियो यो यामको। पल्पसाले म्यासेजको रिप्लाई नगरेको एक हप्ता जस्तो भएको थियो, सुस्तरी मन अधीर हुँदै थियो। दिनहरू ठिहीले ओइलाएको बिरुवा जस्तै लाग्न थालेको थिए। एक किसिमले बानी परिसकेको रहेछ उ सँग कुरा गर्ने। अचम्मको हुने है बानी पनि, लाग्न गार्हो, लागेपछि छुट्न सार्हो। रिस पनि उठ्थ्यो बेला-बेला।  

उसको प्रोफाइल हेर्थैँ दिनहुँ, बेला बेला कता गायब भएको भन्दै म्यासेज गर्ने गर्थेँ, कता हराएको, हामीलाई बिर्स्यौ आदि इत्यादि... अहँ, केही पनि उत्तर आएन। हप्तौसम्म रहिरह्यो शून्यता, कतै केही खबर आएन। थक्क थक्क लाग्न थालेको थियो, फोन नं पनि लिइन भन्दै, अस्ति-अस्ति त्यसको आवश्यक्ता पनि महसुस भएको थिएन नी।

झन्डै एक महिना बितेको थियो, पल्पसा हराएकी। एक दिन नचिनेको इमेल आएको रहेछ, उसको बहिनीले इमेल गरेकी रैछ,"दाइ पल्पसाले हजुरको लागि यौटा चिठ्ठी छाडेकी छ, मैले स्क्यान गरेर पठाएको छु है। एट्याजमेन्ट पढ्न थालेँ,

"
बोधिसत्व नभैसकेको प्यारो प्रवेश,
सुरुमा, सरी भनेर यो पत्र लेख्न सुरु गर्दैछु। यो पत्र पाउँदा तिमीलाई केही पनि थाह नदिइ हराएको हुन्छु म, तिमीले पाउने कष्ट, तिमीले पाउने तनाव, र पक्कै रिसाका हुनेछौ, माफी माग्छु म, मेरो विवशता थियो सब। तिमीसँग कुरा गरेर मैले ४-५ महिना बिताएँ होला। तिमीले फेसबुकको सजेसनमा मलाई नदेखेको भए, देखेर पनि फ्रेन्ड रिक्वेस्ट नपठाएको भए, मैले पनि त जो पायो तेहि भन्दै तिमीलाई इग्नोर गर्न सक्थेँ। यी सब संयोगहरू नभएको भए कति अपूरो हुने रहेछ मेरा यी आखिरी दिनहरू।

हो प्रवेश, मैले आफ्नोबारे सबैकुरा भनेको थिइन मैले। तिमीसँग भेट्दा नै लगभग थाह भैसकेको मलाई, म मर्न आँटेकी थिए। तिमी सँग भेट भयो, मेरो ट्रान्जिसन सहज भयो। २२ वर्ष बसे होला यो संसारमा, गर्न पर्ने र गर्न सोचेको कामहरू कत्ति थिए कत्ति। म खासमा सार्है डराएकी थिएँ, सुरू-सुरूमा- मरेर जान कहाँ सहज हुन्थ्यो र। तिमीसँग गरेका कुराकानी मेरा लागि पेन किलर थिए, कहिले लागेन चाँडै मर्नेवाला छु, ब्रेनट्युमर त के, माइग्रेन छ जस्तो पनि लागेन कहिले। सायद भनेको भए तिम्रो र मेरो सम्बन्ध अर्कै हुन्थ्यो होला। तिमी मलाई यौटी मर्न लागेको केटीको नजरले हेर्थ्यौ होला, हाम्रो च्याटहरूमा ख्याल ठट्टा भन्दा बढी सान्त्वनाका शब्द हुन्थ्यो होला।

हो म स्वार्थी भएँ। म सिकन्दर वा हेन्ड्रिक्स हुन सकिन, तर मर्नु अघि टन्नै सम्झनाहरू लिएर जान चाहन्थेँ। मैले कैले पूर्वजन्ममा विश्वास गरिन, मलाई थाह छ तिमी म भन्दा बढी एग्नोस्टिक छौँ, सायद यही नै होला हाम्रो आखिरी भेट, तिम्रो लागि मेरो आखिरी सम्झना। यु आर अ भेरी गुड म्यान प्रवेश, स्मार्ट, क्रियटिभ, अनि डाउन टु अर्थ। हाम्रा ख्याल ठट्टा, ति गम्भिर डिबेट्स, म तिम्रो सबैकुरामा भएको नलेज को कायल थिएँ म। आशा गर्छु यु विल डु जस्टिस टु इट, याद छ, सिकन्दर बन्नु छ तिमीलाई।

जब म हस्पिटलको बेडमा थला परेर बसेको हुनेछु, मलाई थाह छ आइ विल मिस यु टेरिब्ली। पल्पसा क्याफेको त्यो "झरी' भन्ने पेन्टिङ याद छ? म त्यसरीनै झरिरहेको हुनेछु, सायद प्रेम गर्न थालेछु तिमीलाई, थाह नपाइ। कस्तो कमजोर हुन्छ है मन, मर्छु भन्दा भन्दै पनि रोक्न नसकिने। भेट भएन है हाम्रो, बेला बेला कल्पना गर्छु, भेट भए के गर्थेँ होला भनेर।

धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस मच एस आइ डिड। तिमीसँग त सारा जिन्दगी छ, जिउनलाई, म जस्ता अरू कति भेट्छौ भेट्छौ तिमीले। मेरो यौटा इच्छा छ, सक्छौ भने बिर्सीदेउ मलाई, होइन भने तिम्रो कथामा कतै यौटा पात्र बनाइदेउ, तिम्री अनामिका जस्तै।

ए साँच्ची, ऐना हेर त, दु:खि हुँदा कति नराम्रो देखिन्छौ तिमी।...."

ऐनातिर आँखा डोर्याउन सकिन मैले। त्यो भन्दा बढी पढ्न पनि सकिनँ मैले।


फेरी इनबक्समा कहिल्यै आएन, "हेल्लो बोधिसत्व, तिमी बुद्धु कि बुद्ध?" भन्दै म्यासेजहरू।

Friday, April 10, 2015

On 4/10/2015 07:30:00 PM by Unknown   No comments
After being deceived by Nepal Banda, to take time off my Mundane Routine, I decided to spent an afternoon In Patan, Kathmandu, Nepal. Well, Everyone who has been to Patan, knows her.
She is the same women, who sells Maize, Wheat and Rice Grains 10rs/Plate to everybody who is willing to give the pigeons around the Patan Durbar Square.

I tried to capture her day, with my lens... In this photo story.






Waiting for the Buyers.

A necessary Distration, Cigarettes. 

When the Buyers came.




And, so she saved some for later.

This is what i was saying, 10rs/Plate. Interested?




Ah! Kids these days.


Getting ready to leave.


And, Off she goes....




Sunday, August 17, 2014

On 8/17/2014 05:06:00 PM by Unknown in ,    No comments
I am not a religious person, in-fact, agnostic but some days before I was in ISKON(an association of Krishna's temples). I was there because, Radha-Krishna Dharabasi, gave Birth to a question, 'What exactly happened to Radha?' I know Mahabharata and Ramayana and all the epic tales are just the oration or amplification of tales of the incidents that might have happened thousands year before. So, since Hinduism has its own peculiar (and often shitty, I can't imagine some people treat Indra as god still) explanations, in the middle of the congregation I asked the head priest, "Why Mahabharatha, Harivamsa or Srimad Bhagavatha didn't offer the explaination of Radha's whole life, since 'The Rashaleela' is so much talked about?" There is no answer to this in these holy books (I also found that Dharabasi's Radha had some amount of fear as it hesitates to explain Krishna and all his coups, may be "Krishna Bhattarai" the Brahmhan won to "Krishna Dharabasi" the writer) as is the case of many other.


History’s first antifeminist and immaterial love story!
I got an answer that said something like this,"You are a fool if you picture Krishna as one or a mortal, try to understand the difference between the various stages of Shri Krishna’s leelas. It’s not just a story of Krishna, Radha and Krishna are one. They are the epitome of true love. The love of Krishna, Radha and Gopis is purely platonic which only proper thoughts can help to understand. The love was so pure that it doesn't need any special mention." How am I to be satisfied with such an answer?
Hinduism is in-fact the religion of Hippocrates, the biggest of them are those who wrote the holy epics according to the way the dictators wanted them to be. Hinduism is an oral religion and the Purans and epics came thousands of year later the actual event. The actual description of Hinduism is in the four Vedas where god is described as an unity and idol worshipping has not been described. Yes, Hinduism was a monolithic religion in the beginning, but not as of now.
“na tasya pratima asti
“There is no image of Him.”
[Yajurveda 32:3]5

“shudhama poapvidham”
“He is bodyless and pure.”
[Yajurveda 40:8]6

Actually it was Vyasa who started describing god in multiple forms and, he and Aadi Sankaracharya were the first person to start idol worship. Anyways my quest was not to find what are the theories of God rather it was to find the what happened to Radha. Due to the thin resources and no explanations by prophets its hard to find what exactly happened to her, but I find these interesting alternative stories:
Story one:
She married Krishna Secretly to Krishna in Vrindavan Forest. Though she dint see Krishna later in her life again she remained unmarried. There is a temple in Maharastra 'radharani temple' which is the place where radha waited till death for krishna to come.
Story two:
She married 'Abhimanyu' son of Jatila a Yadav. What forced her to marry him remains unexplained.
Story three:
She married to a god fearing person called 'Chandrasena'. I couldn't find who he is!
Story four:
She Married to 'Anay', a warrior of mathura. This story is found mostly mentioned.
Chanting "Brindhaban mai Radha-Shayam……"
ain't going to cover the antifeminism of Hinduism and Krishna in particular. It may be the continuation of what happened to Sita in the previous installment of the fairytales of Hinduism. Whatever it is, 'The Rashleela provided a subtle role in development of indian culture and tradition. Its one of the greatest mystery that will remain unresolved. The curious case of Mary Magdolene may be the same in case of Christianity, but its just till someone other than the Pope gets access to the vatican archives.
In Hindu holy books(I like to call them Hindu Fairy tales) its not the life of Radha that is only without explaination, there are many more. Perhaps it is in those lies the images of Hindu gods lies in. We are worshipping Indra for whatever he has done still as the king of god, I guess that says it all. Or believing how Pandavas' birtha was as pure as water or how a hundred and three Kauravas were born or how 'puspak biman' flew. Hinduism also doesn’t properly elaborate the role of Bhiesma(his sacrifices), Abhimanyu(the young blood and bravaries) , Hanuman(after the war), Ravana(his geniuses) or how the 'daityas' are described as how bad they are. Recently, I came across a article on Eklavyaa and his life after his thumb was cut. He supported Pandava’s in the war but was later killed by Shri Krishna in some battle.
Perhaps people are more comfortable using the burning fire than to light a new one.