~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Sunday, May 22, 2011

On 5/22/2011 03:57:00 PM by Unknown in , ,    No comments

 

धेरै दिनको अनिश्चल मनस्थीति केहि केन्द्रित हुन लागेको थियो, इन्दुकोक बिराम ठिक  भइसकेको थियो। ०४३ सालको विजयदशमिको उमङ्ग चारैतिर ओतप्रोत भएर चल्न थालेको थियो। अष्टमिको दिन राति इन्दुलाई विरामले(मुटु दुख्ने) भेट्टाएको रहेछ। हामि दुईजानाले ननिदाइ त्यो रात व्यतित गरेछौं। भोलिपल्ट दुर्गापूजा सकाएर हामि, म बुवा र कुमार, निम्ता स्विकार गर्न दुधे ठुलोबुवाको मा गयौं।

बेलुका गर फर्केपछी उनको पेटदुख्ने बेथा फेरी सुरु भयो। हामी सबै आमा-दिदि लगाएत रातभरनै जागा बस्यौं, कुमार बिहानै डाक्टर बोलाउन गयो। सखारै डाक्टर देवि दङ्गाल आए, अनि बिहान ७:१० बजे डेलिभरि भयो। हाम्रो पहिलो सपूत्रिको जन्म भयो। छोरीको रुवाइ प्रसस्तै सुनिन थाल्यो संग-संगै हामी सबैमा हर्सोल्लास देखापर्यो। ०४३ सालको आश्विन २४ गतेको दिन सारा परिवार खुसीमा रमेको थियो, बुवा पनि अतिनै हर्षीत हुनुहुन्थ्यो

भोलिपल्टसम्म बच्चिको दिशापिसाब भएन, पन देवि दङगाललाई बोलाएर पाइप लगाएर दिशा-पिसाब गराइयो। त्यसपछि कहिले पेट फुल्ने कहिले ठिक हुने गरेपनि छोरीको स्वास्थ ठिकैने थियो। आफन्तहरुलाई टिका लगाउन हतार परेछ, दुधेकाको भनाइ मान्दै ५ दिनमा न्वारन गरियो। न्वारनको नाम खिमलता भनेर घिमिरे बाहुनले राखिदिए। बुवाले दुर्गापूजामा जन्मेकिले विजया राख्ने भन्नुभए पनि सबैले पहिलेदेखिनै सिर्जना नामदिने बिचार गरेकोले सिर्जनानै भन्ने नाम दियौँ। आठौँ दिनपछि नानीको स्वास्थ बिग्रन थाल्यो।

डाक्टर बोलाउँदा डाक्टरले राम्रै ठाउँ लाने सल्लाह दिए। तत्काल बच्चि लिएर दमक गयौं। डाक्टरले दुइदिनसम्म राखेर, निरन्जन भएको भन्दै बाँच्न गाह्रो छ भनेर भन्यो। कार्तिक ४ गतेको त्यो दिन दिनभरिनै मन कौतुहलता र निरासाले भरिएएको थियो। साँझमा उनको अवस्था चिन्ताजनक देखियो। डाक्टरले घर लाने सल्लाह दिए।

राति ७:४५ बजे तिर निर्वाद १० दिने बालिका, मेरी छोरीको देहान्त भयो। इन्दु धेरैनै रोइन। उनलाई ज्यादै नराम्रो चोट पर्न गएको थियो। साथै हामी सबै उनको रुवाइमा मौन सहमति जनाइरहेका थियौँ। त्यो द्रिश्य हेर्दा कसको पो दिल नपग्लेला, पत्थरको पनि पग्लने अवस्था थियो त्यहा। रातिनै हाम्री प्यारी छोरी(जसले १० दिनमात्रै संसार हेर्न पाइ) लाइ नजिकै लगेर दाहसंसकार गरियो।पिडा त थियोनै, तर अब पिडा बोकेर मात्रै के नै पो हुनेथियो र। राम्रो हस्पिटल नजिकै भएको भए सायद बचाँउन सकिन्थ्यो होला सिर्जनालाई।

संसार यस्तै छ। यहाँ को नै पो अजम्बरी छ र, को नै चिरन्जीवि छ र? यहाँ मार्क्स मरे, लेलिन मरे, माव मरे, महेन्द्र मरे, नेहरु मरे, इन्दिरा मरे, संसार उस्तै चलिरहेको छ, उत्तिकै चमकदार छ। खै के भएको छ र? हाम्री छोरिले दश दिनसम्म माया बाँडेर गइ, तर अब उसलाई बिर्सनु हाम्रो कर्तब्य हुन आउँछ। सन्सार कति विचित्रको छ है, मान्छे आजपनि मर्न सक्छ १०० वर्षपछि पनि।

छोरी मरेपछि अनेक आफन्तबाट नानाथरि कुरा सुनियो। हाम्रो नेपाल यो पुरातनवादी सोचबाट कहिले मुक्ति पाउने होला र खै।

                                                                      २०४३ कार्तिक १३ गते, घर।

0 comments:

Post a Comment