~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Wednesday, July 13, 2011

On 7/13/2011 01:00:00 AM by Unknown in ,    No comments

 

फुलमायाँको दशैँ ।

परार साल मैले मुग्लानमा फुलमायालाई भेट्दा ‘‘यसपालिको दशैँ कस्तो भयो?’’ भनि सोधेँथे। उसले मलिन अनुहार लिएर भनि, “राम्रो लुगा लगाउने रहर त मेट्न सकिन, तर पनि पोख्रेली चामालको भात र स्वादीलो तरकारी मजासंग खाइयो।”

images

पोहोर साल, मैले फेरी उसलाई भेटेर,’’यसपालिको दशैँ कस्तो भयो?’’ भनि सोधेँथे। उसले मुस्कुराउँदै भनि, “यसपटकको दशैँमा त परदेशका दाइले मासुभात मजासंग खुवाए, राम्रो लुगा लगाउने रहर पनि पूरा गरिदिए, आंगमा केही गहना पनि हालिदिए…… बडो राम्रोसंग बित्यो यसपालिको दशैँ।”

यसपालि घुम्दै-फिर्दै बम्बई पुगेको थिएँ। बाटोमा रुमाल्लदै गर्दा, कसैले ईसारा गरेझैँ लाग्यो, नजिकदैँ गएँ, अनुहार परिचितझैँ लाग्दै गयो अझ बढी। मेरो मुखबाट अनायसै बोली फुस्कियो, “फुलमाया…?’” उसले रुँदै भनी, “दाइ यसपालीको दशैँ कस्तो भयो भनेर खै सोधेको त?”

मैले उसलाई त्यो प्रश्न राख्न जरुरि ठानिन, किनभन सबै उत्तर ती आँखाले दिइरहेक थिए।


चतुरेको खाना ।

सबैले चतुरे भन्ने गर्थे उसलाई, सायद अतिनै सोझो भएकैले होला। ऊ, उसकी आमा अनी ऊ मुनीका जम्ल्यहा बहिनिहरु बस्दथे पीपलबोटे खोलाको किनारैको यौटा झुप्रो मा। उसकी आमाले गिटि कुट्थी त्यहि त्यहि पिपलबोटे खोलाको  किनारमा, अनी त्यहि गिटि बेचेर भरेझैँ गरिन्थे चारवटै खोक्रा पेटहरु। बाउचाहिँ मुगलान पसेको थियो गोडातीनेक वर्षदेखि, कुनै खोजखबर थिएन त्यसको।

happy_5

यो पाली बिछिट्टैसंग पानी पर्यो, चतुरेकी आमाले गिटि कुट्न  जानै पाएकी थिइन कयौँ दिनदेखि। कामनगरेपछी पैसाको जोहो पनि नहुनेनै भयो, उता खोलाको भेलभन्दा ठूलो भेल उनिहरुको छानाबाट बगिरहेको थियो निरन्तर…. अविरल। चुलोमा भात-तरकारी बाट गिलोभात हुँदै माड पाकीरहेको थियो तर अब त त्यो पाक्ने परिस्थिति नी रहेन। तीन दीन भइसकेको थियो अन्नको एकगेडो नि नपरेको चारोटै भुँडीमा।

चतुरे, कहाँबाट टी.भी हेर्न भ्याएछ: गाडीले किचेर मान्छे मारेकाले १०,००० रुपैयाँ छ्यतिपूर्ति पाइने रे। विचरो, पेटले भित्र-भित्रै बिद्रोह गरिरहेको थियो.. ल हो नै त नी भनेर एउटा गाडीको तल छिरेछ। मर्न त मरेन तर एउटा हात भने कामनै नलाग।ने गरी कच्याककुचुक भयो। होसआएपछी सबैले सोधे, किन त्यसो गरेको भनेर। उसले उत्तर दियो, “मल्न, मलेर दशहजार लुपियाँ कमाउन, अनी म, बुहिनिहरु अनि आमालाई भात किल्न”

0 comments:

Post a Comment