~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Tuesday, May 1, 2012

On 5/01/2012 01:05:00 AM by Unknown
डियर अनामिका;
आरामै छु, अनि जिन्दगीभरि तिम्रो कुशलताको कामना गरि रहेकै छु। 
अन्यथा ठान्दैनौ भने, आज वर्षौपछि यो पत्र लेख्न गइरहेको छु। बेला बेला साथीहरूलाई सोध्ने गर्थे तिम्रो बारेमा, यद्यपि तिमिसँग कुरा गर्ने साहस कहिल्यै आएन। बोल्न नखोजेको होइन, तर आत्म ग्लानिले थिचिएको थिए। अँ, पत्र पाएको थिए तिम्रो अस्ति, जवाफ फर्काउन कुनै शब्दै निस्केन; खुसी भएँ, यू ह्याब फाइनल्लै मुभ्ड अन। अनि तिम्रा अन्य कैयौँ पत्रहरू झैँ त्यो पत्र पनि सम्भालेर राखेको छु, सायद अन्तिम पत्र होला तिम्रो त्यो त्यही भएर पनि विशेष रहनेछ। त्यो गोरेटो यत्ति धेरै बिछडी सक्यो, अब सायद अरू केही उपायपनि त छैन। अचम्मको छ हाम्रो जीवन, जिन्दगीभरि भाग्यमा विश्वास गरेनौँ, आखिरमा त्यही भाग्य दाहिने हुन सकेन; इट ह्याड इट्स से।
तीन पल्ट क्यालेन्डर फेरिए छ, यस बीचमा, तीनवटा सुक्खा फेब्रुअरी गए, तीनवटा हेमन्त बिते यस बीचमा, वसन्त आयो की आएन ख्यालै भएन। जीवनमा धेरै कम कुरा हुन्छन् जसलाई सम्हालेर राख्नुपर्छ, हाम्रो सम्बन्ध त्यस्तै थियो, विवशताले विवश भयौं हामी। परिस्थिति संग सम्झौता गर्न एकदमै सार्हो हुँदो रहेछ, बुझ्यौ अनामिका। गएको वर्ष, सबै भावना सँगालेर यौटा चिठ्ठी लेख्ने कुरा सुनाएको, बैनीले भन्यो, twenty something is not an age to contemplate. एक वर्ष कोसिस गरि हेरेँ, भुल्न सब थोक। अहँ सकिन, यति आत्मिय छौ तिमि, भुल्ने कोसिस गर्दा भक्कानिएर आउथ्यो। 



जीवनको सबैभन्दा सुखद दिन मेरा लागि ती तीन वर्ष जुन हामीले सँगै बितायौं नै थिए। जिवनको सार्थकता सायद त्यही थियो मेरा निम्ति। नोट्स देखि सुरु भएको हाम्रो भेटघाट, अनि बिना कसैको एप्रोज फक्राएको थियो हाम्रो प्रेम। आजपनि सोच्ने गर्छु, के त्यतिन्जेलको मात्रै थियो त हाम्रो सम्बन्ध? सायद, नबन्निने गरि त बिग्रिएको थिएन होला त्यतिबेला, हामी सँग अरू केही उपाय पनि त थिएन भनेर चित्त बुझाउँछु। खैर, अब यत्ति ढिला भैसक्यो कि, फर्केर हेर्न असम्भब प्राय छ। अनि त्यसलाई सम्झेर विलाउना गर्नुको कुनै लाभ छैन। भन्न धेरै सजिलो छ अनामिका, गर्न धेरै हुँदो रहेछ। तीन वर्षदेखि यही त गर्न खोजिरको छु, तर तिम्रो यादले पिछा गर्न छाडेन। पहिलो सच्चा प्रेम त्यति सजिलै भुल्न कहाँ सकिँदो रहेछ र, जति कोसिस गर्दा पनि।
तीन वर्ष भयो, म त्यहाँ नगएको पनि, यादहरुको ज्वारभाटा संघर्ष गर्ने साहस नभएकै भन्नु पर्ला, वा ती मान्छेहरूलाई फेरी भेट्न नचाहेर हो, जाने इच्छा कहिल्यै आएन। सबै नराम्रा कुराहरू मात्र होइन, तिमि थियौ, अरु साथिहरु थिए, तीन भुल्न नसकिने वर्षहरुको याद थिए.. अब याद नै रहनेछ। 
अनामिका, कस्तो हुस्सु म, कहाँ-कहाँ हराएछु। सुरुमै भनेँ, तिम्रो चिठी पाएको थिए। प्रथमत, इमेलको यो जमानामा चिठी नै लेखेकोमा विशेषतः खुसी लाग्यो। Also I am happy that you have finally moved on, afterall we cant hang on to the same thing for so long already. It’s a long life and three years is not an end of life, perhaps, you will find more deserving and better partner than me, I will always me wishing you all the happiness you can achieve.
जहाँसम्म मेरो कुरा छ, पक्का पनि अर्को फेब्रुअरी १४ मेरो लागि सेन्ट भ्यालेन्टाइनको म्रित्युउत्सव मात्र हुनेछैन। अनि म अझै पनि मुभ्ड अन चाहिँ यो जस्तो विरान ठाउँमा आएकोले पनि होला।
संसार गोलो छ, कहिँ कतै भेट नहोला भन्न सकिन्न, भेट भएन छ भने मेरो अन्तिम चिठी भनेर सम्झनु। सुखद जीवनको कामना छ, अनामिका।
अस्तु,
चाहेर पनि एक हुन नसकेको उहि तिम्रो:
८-२-१२ (बिहानको ४:२३ बजे)