~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Saturday, March 30, 2013

On 3/30/2013 03:48:00 PM by Unknown   No comments

हे नेपाल आमा,

म के दिउँ तिमिलाई?

हिंसाले ग्रस्त तिम्रो वक्षस्थलमा बसेर,

एउटा अनुपम सपना,

शान्तिको गीत दिन मन लागेको छ,

तर अफसोस,

शान्तिको सङ्गीत सर्जने, मेरो तीनतारे सारङ्गी,

लुटेर चिहानमा दफनाइएको छ,

अनि, गीत गुनगुनाउने गला,

निरङ्कुशताको साङ्लोले जकडिएको छ।

त्यसैले नेपाल आमा,

खोक्रिएको ओठले, टुक्रिएको सारङ्गी रेट्दै,

म तिमिलाई शान्तिको गीत दिन सक्दिन।

मेरो विरूप ओठले नै सहि,

एउटा मृदुल मुस्कान दिन्थें होला,

तर, आतंकको सियोले सिइएको मेरा ओठहरूबाट,

मुस्कान खोसिएको छ।

अशान्तिको कालकोठरीमा बन्द म,

मेरा विरुप ओठले नै सहि,

शान्तिको शुभकामना सम्म दिन सक्दिन,

मेरा दुबै हात कैदी छन्,

स्वतन्त्रता म बाट खोसिएको छ।

अशान्ति र अमानवता को अग्यात रोगले ग्रस्त म,

म भित्रको इच्छा, आकंक्षा का,

कुण्ठालाई बन्धक राखेर,

यो निशा मग्न अन्धकारमा,

धैर्यता र विद्रोहको ज्वारभाटा ओकल्ने,

साहस दिन चाहन्छु,

जीजीविषाशुन्य म मा,

त्यति साहस कहाँ बचेको छ?

म अपहरित भएको छु,

मेरो अस्मिता बलात्कृत भएको छ।

त्यसैले नेपाल आमा,

नाङ्गो डाँडामा उभिएको खोक्रो म मा,

तिमिलाई दिने विशेष केही छैन,

वर्षौँ देखि साँचिरहेको,

मात्र यौटा संकल्प छ,

जल्लादहरूले खोस्न नसकेको,

निरङ्कुशता र आतंकले बाँध्न नसकेको,

आफन्तीको मायामा छटपटाइरहेको,

विद्रोहको आगोमा भित्र भित्रै जलिरहेको,

बस यौटा दह्रो आत्मविश्वास,

तिम्रो क्रान्तिको सहयात्री,

एक सहयोद्धा।

(note: I wrote this poem when I was in class 7 or 8, I guess. I have posted it as it is from my Diary.)

0 comments:

Post a Comment