~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Saturday, March 30, 2013

On 3/30/2013 04:30:00 PM by Unknown in , ,
उनिहरु ले भने,
खै कुन ढुङ्गामा अनि मुर्तिमा ईश्वर भेटिन्छ अरे,
उनिहरु ले भने हामी हिन्दु, ऊ त्यो ख्रिष्टियन,
अनि त्यो चाहिँ मुसलमान अरे,
फेरी भने, हामी ब्राम्हण, त्यो अछुत-
अनि तिनिहरू चाहिँ म्लेच्छ अरे।
मैले ढुङ्गा पुज्न रुचाँइन,
मैले मान्छे – मान्छेमा विभेद गर्न जानिँन,
मैले ईश्वरलाई कुनै नाम दिन सकिनँ-
यसैकारण,
मलाई बहुलाएको आरोप लगाइयो ।

उनिहरु ले शीवलाई सर्वशक्तिमान मात्र देखे,
मैले शीवलाई भाङ्ग-धतुरो खानेपनि देखेँ,
उनिहरु ले विष्णुलाई पालक मात्र देखे,
मैले व्रिन्दालाई गरेको छल पनि देखेँ,
उनिहरु ले रामलाई आदर्श-न्यायी मात्र देखे,
मैले सीतामाथी भएको अन्याय पनि देखेँ,
उनिहरु ले कृष्णलाई आदर्श-पूरुष बनाए,
मैले कृष्णको छल-कपट पनि देखेँ,
मैले भनेँ- कृष्ण ‘क्याशानोभा’ थियो,
उताबाट फ्याट्ट प्रतिउत्तर आयो-
तँ बहुला होस ।

मैले ईश्वर एउटै हो-साझा हो भनेँ,
उनिहरु ले अनगिन्ति नाम दिसकेका रहेछन्,
मैले भने मानवसेवा परमधर्म हो,
उनिहरूका ढुङ्गा अनि मुर्तिहरू टड्कारो रहेछन,
उनिहरूको एष्ट्रेझैँ फुस्रो ओठहरूबाट आवाज निस्कियो,
तँ वंशको कलंक होस- तँ बहुला होस,
अनि पाप-पूण्यका पुराना काहनी सुनाइए,
ती काहनीमा भीष्म- अभीमन्यू थिएनन्
न त एकलब्य-रावण नै थिए ।

हो म बहुला हुँ,
मलाई तिम्रो वैकुण्ठ जानु छैन,
मेरो ‘युटोपिया’ यसै धरतीमा छ,
ती निर्दोष कलिला ओठहरूमा हाँसो हेरेका छौ?
मेरो ईश्वर त्यही हो-आर्शिवाद त्यही हो,
एक मूँठी गाँसका लागि लडीरहेका को-
पेट भर्न सक्दा- मेरो स्वर्ग पनि त्यही हो ।
मलाई ऋचाहरुले पेट अनी पञ्चामृतले तिर्खा मेट्नु छैन,
अरूले छोएको खाएर नर्क जाने डर पनि ममा छैन् ।
मलाई मन्दिर बनाएर वैकुण्ठमा बस्ने रहर छैन
म पाठषाला बानाएर पीषाच हुन तयार छु ।
चाहे जेसुकै उपमा किन नदिउन,
अहँ-
म बाहिर उभिएको त्यो अशाहयलाई लात्ति मारेर
त्यो ढुङ्गोमा म दुध चढाउन सक्दिन ।
74834_1629836302036_1120464657_31766612_8308840_a[1]

The god lies inside and the helpless lies outside- when will we be able to distinguish what Humanity is!