~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Tuesday, January 28, 2014

On 1/28/2014 12:46:00 PM by Prabesh Khatiwada   No comments
मलेरियाले गर्दा,
सिकन्दर महानले,
जिवनको पहिलो युद्ध हारे- जिन्दगिसँग,
उत्तर र उत्तराधिकारी दुवै दिन नसकेको भएर,
५० वर्ष पनि टिक्न सकेन,
उनको महान विजय यात्रा,
उनको महान सम्राज्य,
६ फिट जमिननै काफि भयो अन्त्यमा।

रोम जल्दै गर्दा,
सम्राट निरो- बाँसुरी बजाएर हेर्दै थियो,
यौटा सभ्यता, इतिहास, यथार्थ-
झन्डै पाँच सय वर्षलाई मासिन लागेको बेला।
यसैगरि,
ह्यारी टृ्मेन अगष्ट ७ को बिहानै उठेर पत्रिकामा हेरे होलान,
एटोमिक क्लाउड,
क्षतविक्षत लासहरु,
कहालीलाग्दो विभत्सता,
हेरे होलान नयाँ हिरोसिमा।
लाखौ निर्दोषलाई खरानी बनाएर सफल भएको,
अमेरिकाको विश्वविजेता बन्ने सपना,
सबैजनाले एक-एक गिलास वाइन उठाएर गरेहोलान्- चियर्स,
आत्तिएकी विभत्सता देखेर, खै कुन्नि?

यत्तिबेला मैले नयाँ तानसाह चिन्ने मौका पाएँ,
हिटलरलाई माथ दिने,
संवेदना बिहिन- इगोइष्ट आत्मा।
देशहरु बिचको लडाईँ थिएन यो,
सिभिल वार पनि थिएन,
बस, दुइजनाको इगो को द्वन्द।
तँ सधैँ गलत, म सधैँ ठिक भन्नेहरुको।
कुरा मिलुन्जेल, तँ संसारको सबैभन्दा असल मान्छे भन्नहरुको,
कुरा मिल्न छाडेपछी, तँ इनसेन, क्रेजी, पागल भन्नेहरुको।
नशाले मात्तिएर आइ लव यु भन्नेहरुको,
क्रोध, र कुण्ठाले आत्तिएर आइ हेट यु भन्नेहरुको।
आँखामा राखेर नचाउनेहरुको, आँखमा बिझाउनेहरुको।
दुःख पाएर कवि भएकाको,
प्रेममा? अहँ, प्रेम कहाँ पो थियो र?
कन्सपिरेसी थेउरीस, दोष, द्वेष अनि इनडिफिरेन्स,
ए, अनि एक्लो हुने पिरले गरिएको स्वाङ्ग पनि।

पतित यौटा आत्मा छ बाँकि, घृणित।
घृणा? अहँ छैन, गर्दिन म उसलाई,
तर घृणाका बाहेक शब्दै निस्कनन् मुखबाट।
अधैर्य, आजिर, अपराजित,आनन्दित,
आहा, कति सजिलो हुँदो रैछ,
रुखो भएर बाँच्न, संवेदना बिहिन भएर बाँच्न।
क्याबात।
जतिसुकै सम्झाएपनि, जतिसुकै बुझाएपनि,
जतिसुके हसाँएपनि, जतिसुकै नचाएपनि,
मन रहेछ ठूलो, आफ्नो हैन, उसको।
मनमा टेस पर्न छाडेसी,
हिटलरको यहुदि झैँ हुन पर्ने। 

0 comments:

Post a Comment