~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Thursday, March 16, 2017

On 3/16/2017 10:38:00 PM by Unknown in ,    No comments

हरेक दिन,
पुर्वी आकाशमा: उदाउँछ सुर्य,
दिनभरि ज्योति बनेर हाँस्छ,
हरेक रात,
पश्चिम आकाशमा: चन्द्रमा,
त्यसैगरि, चहकिन्छ,
यि दुई,
कहिल्यै भेटेनन
कहिल्यै भेट्नेछैनन फेरि,
न कहिल्यै आँखा जुढाउँछन,
हरेक पल तड्पिरहेका छन्,
समाहित हुन- एक आपसमा।
एक दिवास्वप्न- मिलनको।

मलाई थाह ,
तिमीलाई कहिल्यै आलिङ्गनमा बाँध्न पाउने छैन,
तै पनि
तिम्रो अँगालो खोज्दछु,
हरेक दिन आलोकसँग,
हरेक रात चाँदनीसँग।
हराएको मृगजस्तै
एक्लो-
नितान्त एक्लो अँधेरी रातमा
आफूलाई एक्लै पाएर,
चपाई हेर्छु- टुटेफुटेका सपनाहरू,
छैन केही स्वाद तिनमा,
निरस-
ताराहरू बिनाको औँसीको रातझैँ,
तिमीसँग नबोलेका दिनझैँ।

देखिरहन्छु सपनाहरु- विपनामै,
परीपरीका, थरीथरीका, रङ्गविरङ्गका
तर अनुभव गर्न सक्दिन
अङ्गाल्न पाउँदिन,
अनि यथार्थले किच्छ।
तव सोच्छु
कस्का लागि हुन यी सपनाहरु ?
केका लागि हुन यी सपनाहरु ?
भक्कानिएर आँउछ,
दुख्छ छाती।

किन दुख्छ छाती?
छातीभित्र मुटु हुन्छ।
मुटु किन दुख्दैन त?
फेरी कसले हाँसीदिने उसको खुसीमा।
माया, साँच्चिकै यस्तै हो त?

 कतै बाट आवाज निस्कन्छ-
बादल फाटेर
आकाश छिचोल्न हिँडेको मान्छे
मलाई अन्तरिक्षको ट्रकमा हालेर
सफा हातहरूले
ट्रकको स्टेरिङ घुमाइदेऊ

सपना टुट्छ,
अनि किच्छ बिपनाले,
एक्लो।
अस्थिपन्जरले ढाकेको मन,
छालाको खोल,
मष्तिस्क र आत्मा,
हुन्छ कहिलेकाहिँ,
टुट्दोरहेछ, सबै;
पर्खालमा गमला ठोक्किएझैँ,
ठोकिँदा त्यसतै कठोर मन भएका सँग,
अनि,
एक पेग, दुई पेग, धेरै पेग,
एक खिल्ली, दुई खिल्ली,
अनगन्ती खिल्लीहरूसँग,
साटिन्छ साहस,
बाँच्ने-हाँस्ने।
अन्तरिक्ष चाहर्ने सपना,
तुहिन्छ आखिर,
अर्को एक पेगको चाह बनेर ।


0 comments:

Post a Comment