यौटा अनौठो यादमा,
जलिरहेछ मन आज,
खै कस्तो थियो सम्बन्ध हाम्रो;
कुनै शब्द खोज्न सकिन,
सोच्ने गर्थे-कुनै नाम-सर्बनाम चाहिन्न,
आज,
खै कता-कता कुतकुती लगाईराछ ।
न चिनाजानी आवश्यक भयो,
न त वार्तालाप नै,
बेलाबेला चियाएर हेर्ने गर्थे,
आक्कल-झुक्कल जुधे नयन पनि,
थाहै नपाइ कहाँ-कहाँ डेरा जमाइसकिछौ।
जब सम्म समिपमा थिएँ,
यो अल्छि मनले चिन्नै सकेन,
जब टाढा-छितिजपारि आइसके,
बिर्सनै सकिरहेको छैन।
थाह छैन किन हो,
जलिरहेको छ मन आज,
कोहि बिरानोको सम्झनामा ।
(the poem was written in very short time ie. just about 5-10 minutes so this is not all that sahityik.. my apologies to all who might have landed hoping for that.)
No comments:
Post a Comment