आज,
२०६८ साल असोज २३ गते,
पुरेत बाजेको निम्ति चतुर्थीको दिन,
घर बुढाको निम्ति दसैँको जगेडा सकिन लागेको बेला,
कामगर्नेहरु काममा फर्कन लागेको दिन,
केटाकेटीको निम्ति टीका लगाउँदै, दक्षिणा गन्दै गरेको दिन,
मेरो निम्ति,
यौटा नयाँ शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन,
साथीहरू भन्ने गर्थे,
आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे,
दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे,
खै, मर्दा-मर्दै बाँचिरहेको अनि बाँच्दा-बाँच्दै मरिरहेको देशमा,
फोस्रो आडम्बर र देखावटी शोख कसरी पो देखाउनु।
बरु यौटा आत्म वचन, यौटा प्रण,
विगतका कमी कमजोरीलाई नियालेर,
भविष्यमा फेरी नदोहर्याउने भरोसा,
लडिएका खाल्डोहरू फेरी नटेक्ने प्रण,
छुटिएका, बिछिएका अनि बिग्रिएका नाता-सम्बन्ध फेरी केलाउने प्रयास,
अनि, सबैको आशा-भरोसामा खरो उत्रने प्रयास- भरोसा,
बस यही छ मेरो जन्मदिनको सेलेब्रेसन ।
हरेक दिन अन्तिम दिनझैँ बाँच्ने चाह छ
No comments:
Post a Comment