तिमी,
एक विपना,
अनि स्वप्न,
तिमी,
सधैँ मेरी,
अनि,
सधैँ टाढा,
एउटा सपना,
अनि,
एक धरातल,
समझनामा
सिमित।
तिमी,
सबथोक,
प्रथम साथी,
प्रथम प्रेम,
एक गुरु,
अनि एक
प्रेरणा,
छैनौ - तैपनि;
रहिरहनेछौ -
अनन्त।
कति रमाइलो
हुन्थयो होला आज,
तिमि, हामी,
अनि हाम्रा सपनाहरु,
फेर्न सक्दिन
म भुतलाई,
न वर्तमाननै
बदल्न सक्छु,
भविष्य छ अब
बस्, हामीले सिन्चेको,
हाँस्न
सिकायौ, रम्न सिकायौ,
बाँच्न
सिकायौ, जीवन सिकायौ,
फुस्रो
एस्ट्रे जस्तो मेरो जीवनको,
टिमटिमे टुकी
बन्यौ तिमी।
एउटा प्रेरणा,
अनि सम्झनाः
अटुट, अमूर्त,
अषिम, अनि सर्वप्रिय।