Tuesday, October 13, 2015

फुर्सदका कुण्ठाहरू।


अघि बढ्न छाडेको छ घडी,
दरवारमार्गमा ठडिएको जिर्ण घन्टाघर झैँ,
कालचक्रदेखि अत्यास लागेर होला,
धरहरा ढलेको छ- डङ्रँग।
बज्दैनन् समय सूचक तोपहरु,
ल्याम्पोस्ट मुनि
छिचिमिरा सल्बलाउँछन- साँझ।
बिहानै, झरेका पँखेटाको मोलमलाई हुन्छ,
मरेका छिचिमिराका परिवारले पाउलान त-
५० लाख- कबुल गरेझैँ?

समय? अहँ, चलायमान ,
घडिले रोक्ने हो समय?
अज्ञात भविष्य कुरिरहेको , कतै।
अधिर वर्तमान,
धुमिल हुदै विगत, सम्झनाहरुमा,
चन्द्रागिरी मुन्तिर घामको चमक हराएझैँ,
कान खुलै , सँधैझैँ,
सँगित जरुर बन्द आजभोली,
भ्वाइलिन बज्दैनन् आजभोली,
जर्ज ह्यारिसनको गितारले विरहका गितहरु बजाउन थालेको ,
सहरको ट्राफिकझैँ अस्तव्यस्त दैनिकि,
होइन, दिनहरु निरस छन,
मनका कुण्ठाहरू पेट्रोलको लाइनझैँ लामा छन,
मन आजीत हो बस,
ज्वालामुखी फुट्छ दिनौँ,
लाभाले मानसिक उथलपुथल को रूप धारण गर्छन,
ड्राफटमा आधी लेखेर छाडिएका कथा-कविता झै,
लाथालिङ दैनिकि,
बस, बुर्कुशी मार्दै मेरो वर्तमान,

अनिश्चित भविष्यको तिर।   

No comments:

Post a Comment