हरेक दिन,
पुर्वी
आकाशमा: उदाउँछ सुर्य,
दिनभरि
ज्योति बनेर हाँस्छ,
हरेक रात,
पश्चिम
आकाशमा: चन्द्रमा,
त्यसैगरि,
चहकिन्छ,
यि दुई,
कहिल्यै
भेटेनन
कहिल्यै
भेट्नेछैनन फेरि,
न कहिल्यै
आँखा जुढाउँछन,
हरेक पल
तड्पिरहेका छन्,
समाहित
हुन- एक आपसमा।
एक
दिवास्वप्न- मिलनको।
मलाई थाह छ,
तिमीलाई
कहिल्यै आलिङ्गनमा बाँध्न पाउने छैन,
तै पनि
म तिम्रो अँगालो खोज्दछु,
हरेक दिन
आलोकसँग,
हरेक रात चाँदनीसँग।
हराएको मृगजस्तै
एक्लो-
नितान्त एक्लो अँधेरी रातमा
आफूलाई एक्लै पाएर,
चपाई
हेर्छु- टुटेफुटेका सपनाहरू,
छैन केही
स्वाद तिनमा,
निरस-
ताराहरू
बिनाको औँसीको रातझैँ,
तिमीसँग
नबोलेका दिनझैँ।
देखिरहन्छु सपनाहरु- विपनामै,
परीपरीका,
थरीथरीका, रङ्गविरङ्गका
तर अनुभव
गर्न सक्दिन
अङ्गाल्न
पाउँदिन,
अनि
यथार्थले किच्छ।
तव सोच्छु
कस्का लागि
हुन यी सपनाहरु ?
केका लागि
हुन यी सपनाहरु ?
भक्कानिएर
आँउछ,
दुख्छ
छाती।
किन दुख्छ
छाती?
छातीभित्र
मुटु हुन्छ।
मुटु किन
दुख्दैन त?
फेरी कसले
हाँसीदिने उसको खुसीमा।
माया, साँच्चिकै यस्तै हो त?
कतै बाट आवाज निस्कन्छ-
म बादल फाटेर
आकाश छिचोल्न हिँडेको मान्छे
मलाई अन्तरिक्षको ट्रकमा हालेर
सफा हातहरूले
ट्रकको स्टेरिङ घुमाइदेऊ ।
सपना
टुट्छ,
अनि किच्छ
बिपनाले,
एक्लो।
अस्थिपन्जरले
ढाकेको मन,
छालाको
खोल,
मष्तिस्क र
आत्मा,
हुन्छ
कहिलेकाहिँ,
टुट्दोरहेछ,
सबै;
पर्खालमा
गमला ठोक्किएझैँ,
ठोकिँदा
त्यसतै कठोर मन भएका सँग,
अनि,
एक पेग,
दुई पेग, धेरै पेग,
एक खिल्ली,
दुई खिल्ली,
अनगन्ती
खिल्लीहरूसँग,
साटिन्छ
साहस,
बाँच्ने-हाँस्ने।
अन्तरिक्ष
चाहर्ने सपना,
तुहिन्छ
आखिर,
अर्को एक
पेगको चाह बनेर ।
No comments:
Post a Comment