देखेका, सुनेका,
टुटेका, फुटेका,
हेन्डिप्लास्टले टालिएर,
सकिनसकी अडिएका,
एक थान सपनाहरूको साथ,
सकिनसकी लडबडाउँदै,
सभ्याताको दौडमा,
तँ गलत, म सहि,
एडाप्ट हुने चक्करमा,
थाहै नपाइ,
सपनाको मुल्य घटेछन,
जिन्दगीको मन्द गतिसँगै,
कता-कता:
मष्तिस्कले भुल्न थालेछ,
सपनाको मुल्य,
सपनाको बल,
सपनाको सार्थकता,
सबै फर्केर आँउदैछ-सुस्तरी,
सुन्दर विपना बनेर।
उ आइ,
सपना बनेर,
विपनाको एकाग्रता तोड्दै,
अमूर्तबाट मूर्त बनेर।
सुत्न अघि भन्दै थिई,
कविताले बिउँझाउ है;
साँच्चीकै बुझेकी छे त
कविताको मुल्य?
निर्दोष ती नयनका नानीहरू,
गुराँस फक्रने ती अधरहरू,
माधुर्यता झल्कने ती ओठहरू,
अनगिन्ती आश्चर्य लुकेका ती केशहरू,
न्यानो अंगालोमा बाँधेर संसार भुलाईदिने ती ,
ति एक हजार फोटोहरू,
अनी अनगिन्ती गितहरूको सँगै,
शब्टको साटासाटिमै,
थाहै नपाइ,
सुन्दर भविष्यको कल्पना गराई,
सपना अँगाल्न सिकाई,
मेरा,
हरेक सपना, विपना,
भविष्य, विगत, वर्तमान,
हरेक कविता, शब्दहरूमा,
आफूलाई मिसाएर भन्छे,
‘मेरो लागि कविता लेख’
काले, मेरो कविता तिमीनै।
यौटा सत्य बुझ्न अति जरुरी छ प्रिय,
मेरो अन्तिम प्रेमको डायरीमा,
सम्झना, याद, अतित, धोका, फुस्रा बाचाहरू,
यी विगतका शब्दावलीहरू केहि छैनन,
छन त केवल, अनी केवल,
निश्चल, असीमित, अन्तहीन, कोमल माया, मात्रै माया।
ज्ञात, अज्ञात सबै मुखौटा जलाएर हात फिँजाउदै भन्दै छु,
समाउ मेरा हातहरू ,फेरि कहिले नछाड्ने गरी,
न्यानो अँगालोमा बाँधेर, संसार देखाइदेऊ,
यो सत्य बुझेकी छौ प्रिय,
मेरो प्रेमको डायरीमा,
मुटुमा, हरेक अंग-प्रत्यांगमा,
मेरा हरेक सपना, विपनामा,
तिम्रो नाम कोरिएको छ,
परमानेन्ट मार्करले,
नमेटीने गरि, अनन्त सम्म।
ऊ आँउछे,
मेरो प्रेमको डायरी भर्न आँउछे,
मेरो कथा, कविताको सार बनेर आँउछे,
असीमित रूप र अनगिन्ती दु:ख सँगै लिएर अाँउछु भन्छे,
ऊ संसारको खूसी बोकेर फुल्न आँउछे,
मखमली र सुनाखरी बनेर,
मेरो ह्रदयको आँगनमा फक्रन आँउछे।
सुर्यास्त र सुर्यदय बीचको,
अन्धकार चिर्दै,
नयाँ बिहानी बनेर आई।
उसको केशको छाहरी ओढी,
उसको काख ओछ्याएर निदाउने आशा,
सर्बांङ्ग सुम्पदै छु: देह-कफन।
कयौँ कोश टाढाबाटै,
ती नयनका गहिराई, त्यो एकाकार अधर;
ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट,
एक अर्कामा विलय हुने कल्पना;
हराएर ती केश-राशीमा,
तिमी-म, म-तिमी,
हारेँ म तिमीसँग,
पर्दैन अब बाँधिराख्न मोहनीमा,
जित तिम्रै भयो- तिम्रै भए म।
सुस्तरी-सुस्तरी-एकमुष्ट
आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।
ती काला आँखाका नानीहरू,
अनि तिनले गर्ने जादुगरी,
मेरो हरेक कविताका सार यौटै,
मेरो हरेक शब्दको सारंश यौटै,
मेरो पागलपन पनि तिमी, मेरो आशा पनि तिमी,
ती ओठहरुको स्पर्शको पागलपनमा,
डुबुल्की मार्न लालायित छन,
मेरा साढे दूइसय हाडहरू,
प्रत्येक अंग-प्रत्यांग,
हरेक दिन-हरेक सपनाहरू,
आउ, समाउ हातहरु,
लेख्न सुरु गरौँ नियात्रा,
अन्तिम प्रेमको, लामो यात्राको।
😯😍💓
ReplyDelete😸🌞🙊
DeleteWow . Awesome prawes sir
ReplyDelete