समयको हुरी, ह्रदयको दुरी

by - January 04, 2019

अनगन्ति ताराहरू माझ चम्किरहेकी धुर्वतारा ऊ हरेक रात, उसैको मनको निर्देशनमा नजरका पखेटा हालेर मेरा आँखाहरू नजरका उडान भर्छन्। हरेक दिन, उसैको प्रतिक्षामा पलेटी कसेका मेरा कुण्ठाहरू उसको आगमनमा उल्लादका उडान भर्छन्। लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु जसको उज्यालोमा, मस्त झुलेका छन मेरा नयनहरू हरेक रहर, हरेक कुण्ठा, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरू ती कल्पनाहरूमा, बाँच्न बाँकी, रमाउन बाँकी कुरेर बसेका छन् दिनहरू साकार बनाउन ती सपनाहरू, रहरहरू, कल्पनाहरू। ऊ आँउछे मेरो पाखुरामा बेरिन गुनगुनाउन थाल्छन् उसका अधरहरू मेरो छातीको बाँसझ्यांगमा, पत्तैबिना उसको केशराशीको लहरामा हराएका ती कुण्ठाहरू जिजिविषा जागेझैँ, उम्लिएको हर्मोन जब, मेरा ओठले उसको ओठको नोटेसन मुताबिक चुम्बन गाँउन थाल्छन्, उसको स्पर्श एक जादु हो, सहारा हो मेरो सारा अभिलाषा प्रकाश गर्छ मेरो मनको अँध्यारो अविलम्ब गर्छ। यो समयको हुरीमा, यो ह्रदयको दुरीमा, सम्भव छ, उसको स्पर्श, त्यो सुरुवात, बेहोशीको यो वरिपरिमा आशालाई अलिअलि हम्किरहेछ त्यो स्वर्ण स्पर्श उसको। ममा आओस् मबाट त्यसले दुनियाँ भिजाओस् देखोस् दुनियाँले ऊ र म, म र ऊ, हामी, हरेक ती घामहरू हरेक ती ताराहरू।

You May Also Like

3 comments

  1. गज्जब दाइ।।
    आफ्नै मात्र नभै हामिलाइ भाउजू भन्ने अधिकार समेत छिटै दिलाउ।

    ReplyDelete