स्वप्न स्वर्ग।

by - August 29, 2019



बुद्ध, गैँडा, सगरमाथा,
वीर बलभद्र, अमरसिंह, भिमसेन,
इतिहास र भुगोलले धानेको,
हाम्रो राष्ट्रियता।
धुवाँको क्यामोफ्लाजमा बन्दी,
स्वेत श्यामल हिमालहरू,
नेपथ्यमा गुन्जिरहेको भजन,
मोटरको घ्यार-घ्यार,
ट्यार-ट्यार,
अनि,
सडकको हिलो छिचोल्दै हुँइकिरहेको
नेपाल यतायतको दुई पङ्ति लाम,
हतार-चटार-लतार-
कोकोहोलो अनि विवशता,
मेरो राष्ट्रियता,
मेरो नेपाल, राम्रो नेपाल।

यो सडक, त्यो सडक,
मान्छे, मोटर, वर्षाको पोखरी छिचोल्दै,
निस्केको छ जुलुष;
किनः खै।
कसका लागिः खै।
के का लागिः खै।
सुनेर-भेनेर आएको,
हाम्रो पार्टी, अर्को पार्टी,
फेसबुक, ट्विटर, युट्उब,
नास्ता-खाजाका लागि,
उल्टा पाइला, उल्टा हात, उल्टो शीर,
गति उल्टो, यात्रा उल्टो,
गन्तव्य उल्टो;
उत्साह- असिम,
मानौं पहिलो सुल्टो जुलूष हो इतिहासको।
बुद्ध वाज बोर्न इन नेपाल,
रेल, पानीजहाज,
यो, त्यो, सबैजना शहिद,
हाम्रो रबि- राम्रो रबि,
सबै हनुमान, सबैको पुच्छर लामो,
हज्जारौँ मुद्धा, अनगन्ति रमिता।

न जोडेर, न घटाएर,
सावित गर्न सक्छ ऊ,
अनवरत अस्तित्व यात्राः
सवेरै हायनाहरू हाँस्छन,
सम्साँझै कुखुरा बास्छन;
अस्तित्व खौज्दै-हराँदै- भुल्दै,
युगौँ देखि,
जिन्दगी रमिरहेको छ।
पहाड मन,
अस्तित्व यात्रामा,
समय यन्त्र,
सम्झनाहरू बजाइदिन्छ,
हिजोको, भविष्यको,
वर्तमानको अलार्म क्लकः हु केयर्स,
स्वप्न स्वर्ग, स्वपन वर्तमान,
नो रमिता। नो जुलूस। नो मुद्धा।
मेरो निन्द्रा। मेरो देश।








You May Also Like

0 comments