आज उसले कक्षा ८ मा जिल्लाका सबैलाई चक्मा दिई छ। बिहानै घरबाट फोन आएको थियो, त्यसको घरमा खुसिको रुवाबासि चलेको छ रे। उसको नाम बिनुषा हो तर सबैले बिनु-बिनु भन्दा बिनुनै बनाईदीए नामनै। राम्रि छे, बानिवेहोरा सबै चिरिच्याट्ट परेको छ, घरमा पनि सबै काममा हात बटाउँछे। नाम जति सानो र सुन्दर छ, त्यतिनै पीडादयी छ उसको रामकहानी।नोट: यसलाई कथा नसम्झीदिनुहोला,आफ्नै परिवेशको सत्यघटना हो यो, काल्पनिक लागेमा क्षमाप्रार्थी छु।”
उसको बाउ, अन्तरे, अनी आमा अन्तरी, ५२ सालतिर होला, भागेर बिहे गरेका थिए। बाउ मगर अनी आमा छेत्री, बिहे पछी छुट्टिएर बसे घरनजिकै एउटा झुप्रो हालेर। बाउचाहिँ रोजगारि गरेर सबैको पेट पालिरहेको थियो, राम्ररीनै चलिरहेको थियो परिवार। ५४ सालमा कसैले नसोचेको घटना घट्यो। दिनभरी यौटा स्कुलमा कामगरेर राति घरबाहिर खाटमा पल्टिरहेको उसलाई राति प्रहरि ले पक्रेर लाग्यो। मुद्दा लगाइयो, गाउँमा कसैले सुइँको नपाएको (हँदै नभएको) डाका मुद्दा। माइधारमा डाका गरेको आारोप लाएका थिए, तर खै माइधारवासि ले थाहै पाएनछन कहाँ डाका लाग्यो भनेर। पछि बुझ्दै जाँदा कसैले उसलाई माओवादी भएको सुराकि दिएछ। काहीँ नपाएर माओवादी होस बिचारा कसैले पुरानो रिसिभी मजासंग झार्यो होलानै। एकवर्ष सम्म मुद्दा चलाएर भका नभका सबुत र साच्छी बटुलेर १० वर्षको लागि जेल चलान गर्यो टाउकाको मोल तोक्ने सरकारले।
सायद, उसको मामली भाइ थियो यौटा, सक्रिय कार्यकर्ता, त्यहि सम्झेर पक्रेको पनि हुनसक्छ। दुधेको मान्छे चन्द्रगडि पुर्याएपछि, घरमा दु:खको भूमरी सुरु भयो, एकजना थियो कामगरेर जुटाउने, समस्याको बाडी सुरु भयो। आमाले अरुको मा कामगरेर अनि बेलामौकामा सागपात र रक्सी बेचेर आमाछोरीको पेट पालीरहेका थिए।