धेरै दिनको अनिश्चल मनस्थीति केहि केन्द्रित हुन लागेको थियो, इन्दुकोक बिराम ठिक भइसकेको थियो। ०४३ सालको विजयदशमिको उमङ्ग चारैतिर ओतप्रोत भएर चल्न थालेको थियो। अष्टमिको दिन राति इन्दुलाई विरामले(मुटु दुख्ने) भेट्टाएको रहेछ। हामि दुईजानाले ननिदाइ त्यो रात व्यतित गरेछौं। भोलिपल्ट दुर्गापूजा सकाएर हामि, म बुवा र कुमार, निम्ता स्विकार गर्न दुधे ठुलोबुवाको मा गयौं।
बेलुका गर फर्केपछी उनको पेटदुख्ने बेथा फेरी सुरु भयो। हामी सबै आमा-दिदि लगाएत रातभरनै जागा बस्यौं, कुमार बिहानै डाक्टर बोलाउन गयो। सखारै डाक्टर देवि दङ्गाल आए, अनि बिहान ७:१० बजे डेलिभरि भयो। हाम्रो पहिलो सपूत्रिको जन्म भयो। छोरीको रुवाइ प्रसस्तै सुनिन थाल्यो संग-संगै हामी सबैमा हर्सोल्लास देखापर्यो। ०४३ सालको आश्विन २४ गतेको दिन सारा परिवार खुसीमा रमेको थियो, बुवा पनि अतिनै हर्षीत हुनुहुन्थ्यो
भोलिपल्टसम्म बच्चिको दिशापिसाब भएन, पन देवि दङगाललाई बोलाएर पाइप लगाएर दिशा-पिसाब गराइयो। त्यसपछि कहिले पेट फुल्ने कहिले ठिक हुने गरेपनि छोरीको स्वास्थ ठिकैने थियो। आफन्तहरुलाई टिका लगाउन हतार परेछ, दुधेकाको भनाइ मान्दै ५ दिनमा न्वारन गरियो। न्वारनको नाम खिमलता भनेर घिमिरे बाहुनले राखिदिए।