देशभक्ति देख्नेहरुले,
अलिकति, दौराको फेरमा अल्झिएको देखे,
अलिकति, हिमालको टुप्पोमा टल्किएको देखे,
अलिकति, स्वयम्भूको आँखामा चम्किएको देखे,
अलिकति, नेताको भाषणमा पस्किएको देखे,
देख्नेहरुले,
मान्छेको मनभित्र सल्किएको पनि देखे !
देशभक्ति;
खै म कहाँ गएर भेटुँ,
छातीभित्र हुन्छ भन्छन्,
खै म कहाँ गएर देखुँ ।
देशभक्ति ;
खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला,
वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला,