हरेक शब्दमा,
बिस्ट्याउँछौं,
एके-४७ का
बारुदहरू,
हरेक भावहरू,
ओतप्रोत
हुन्छन्,
लोभले,
ईर्ष्या ले,
घिनले,
घमन्डले,
अनि खोक्रो
आत्मसम्मानले,
थाह छैन-
कसैलाई,
कर्मको,
बुद्धको
मर्मको,
को छ हिँडेको-
साँच्चीकै,
बुद्धले
देखाएको बाटोमा?
संसारिक
जन्जालमा जेलिएर,
ईर्ष्या, राग,
अनि फुस्रो घमन्डका,
गोला बारुदले
भरिएको,
ज्यानलाई
डोर्याउँदै,
उक्लन्छौं,
स्वयम्भूका
डाँडा,
डुल्छौं,
बौद्धका
गल्लीहरू,
वर्षमा एक
दिन,
आजै,
जन्माउन
बुद्धको जन्मजयन्ती,
अनि भन्छौं,
ह्यासट्याग मा
राखेर,
#BuddhawasBornInNepal
बुद्ध नेपालमा
जन्मेको हो।
हरे मुर्ख
नेपाली हो,
बुद्ध
जन्मिँदैनन्,
यौटा राजकुमार
जन्मेको थियो,
बाँचो,
आफनै कर्मले,
ज्ञानको
ज्योती पायो,
बुद्धत्व पायो,
बोधिसत्व भयो
भने बुद्ध..
बस।
